१२ जेठ, काठमाण्डौ । नेपाल विद्युत
प्राधिकरणले लोडसेडिङ दैनिक एक घण्टाका दरले घटाएको छ । नदीमा पानीको वहाब
बढेर विद्युत उत्पादनमा केही सुधार आएपछि प्राधिकरणले शुक्रवारवाट लागु
हुने गरी लोडसेटिङ प्रतिदिन एक घण्टा घटाएको हो ।

यसैगरी औद्योगिक क्षेत्रमा पनि लोडसेडिङ
एक घण्टाकै दरले घटाइएको छ । दैनिक १२ घण्टाका दरले हुँदै आएको लोडसेडिङ
घटाएर दैनिक ११ घण्टामा झारिएको छ । प्राधिकरणका अनुसार ७० प्रतिशत चुवाहट
हुने ठाउँमा भने थप ५ घण्टा लोडसेडिङ हुनेछ ।
No comments:
Post a Comment